निर्वाचनको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी « Khabarhub

निर्वाचनको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेर चुनावी समीक्षा र भावी सरकारको बारेमा निर्णय लिने छ । निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सत्तागठबन्धनको बैठक बस्ने तयारी भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनमा आबद्ध दलको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ४१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को