लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बुटवल – लागूऔषध मुद्दामा एक वर्ष कैद फैसला भइफरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० का पुन्ने प्रसाद चौधरी रहेका छन् ।

२०७५ जेठ २६ गते राति करिव सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीस्थित प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो ।

त्यसपछि लागूऔषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात उनी रिहा भएका थिए । त्यसपछि जिल्ला अदालत रुपन्देहीको २०७५ मंसिर २६ गतेको फैसलाले एक वर्ष कैद फैसला भएकोमा फैसला पश्चात् उनी फरार थिए ।

फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीले खोजतलास गर्दा पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ५० बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति