लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ | Khabarhub Khabarhub

लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बुटवल – लागूऔषध मुद्दामा एक वर्ष कैद फैसला भइफरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० का पुन्ने प्रसाद चौधरी रहेका छन् ।

२०७५ जेठ २६ गते राति करिव सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीस्थित प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो ।

त्यसपछि लागूऔषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात उनी रिहा भएका थिए । त्यसपछि जिल्ला अदालत रुपन्देहीको २०७५ मंसिर २६ गतेको फैसलाले एक वर्ष कैद फैसला भएकोमा फैसला पश्चात् उनी फरार थिए ।

फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीले खोजतलास गर्दा पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ५० बजे

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला