लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार | Khabarhub Khabarhub

लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी फिर्ता पठाइएको जनाएको छ ।

यही २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो ।

सन् २०२२ को शुरुबाट हालसम्म एक हजार ८९ महिला र छ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ ।

यसवर्ष अहिलेसम्म कूल पाँच सय १७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले जानकारी दिएको छ ।

सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ ।

यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पारगरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीहरूको लागि प्रस्थानको महत्वपूर्ण केन्द्रबिन्दु बन्न पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : २३ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक