मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्छु : महामन्त्री शर्मा « Khabarhub

मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्छु : महामन्त्री शर्मा


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् ।

झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उनले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे ।

“लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनुभएको छ”, उनले भने, “देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।”

त्यस्तै नवनिर्वाचित प्रदेशसभा (१) का सदस्य गोपाल तामाङले आफूले गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने उल्लेख बताए । प्रदेशसभा (२) उपविजेता श्यामवीर लिम्बूले चुनावमा हारे पनि जनजीविकासँग जोडिएका हरेक काममा सक्रिय भएर लाग्ने बताए ।

आभार समारोहमा कांंग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, संविधानसभा सदस्य उषा गुरुङ, कांग्रेस नेता राम कट्टेल, कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) का झापा सचिव विपी भट्टराई, उपाध्यक्ष सविता भेटवाल, नेकपा (माओवादी केन्द्र)का नेता राजु दाहाललगायतले चुनावी समीक्षाका साथ आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ५४ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले