अवैध लागूऔषधसहित १९ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित १९ जना पक्राउ


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोंगबुबाट अवैध लागूऔषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । 

मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागूऔषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : ३१ बजे

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला