सर्वोच्चद्वारा संसद सचिवालयलाई पत्र « Khabarhub

सर्वोच्चद्वारा संसद सचिवालयलाई पत्र


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निलम्बित प्रधानन्यायाधीशमाथि लागेको माहाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ । 

संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको पूर्ण बैठक बसेको थियो ।

सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, -‘प्रतिनिधि सभामा मिति २०७८ फाल्गुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गरिदिनुहुन अदालतको पूर्ण बैठकको निर्णयानुसार अनुरोध गर्दछु ।


प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : ३८ बजे

बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान

राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता

काठमाडौं – राहदानी विभागले अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न

जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा

कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४

दुई मन्त्रीको हठमा पिल्सियो राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन (भिडियोसहित)

काठमाडौं- राष्ट्रिय महत्वको निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलमा

दमनकारी र भ्रष्टाचारीलाई कारबाही नगर्ने सुशीला कार्कीले राजीनामा दिनुपर्छः अध्यक्ष साह

काठमाडौं – कमा जेनजी नेपालका अध्यक्ष विकेश साहले एमाले अध्यक्ष