चाँगुनारायणस्थित एक संस्थाबाट नौ बालबालिकाको उद्धार « Khabarhub

चाँगुनारायणस्थित एक संस्थाबाट नौ बालबालिकाको उद्धार


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ ।

बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो ।

समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र, चाँगुनारायण नगरपालिकाका प्रतिनिधि र विभिन्न सङ्घसंस्थाको समन्वय र सहकार्यमा उद्धार गरिएको समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो । ती बालबालिका ४ देखि १४ वर्ष उमेर समूहका छन् ।

हुम्ला जिल्लाका ती बालबालिकालाई अध्ययनका लागि विभिन्न व्यक्तिमार्फत सो संस्थामा पुर्‍याइएको थियो । बालबालिकालाई उक्त मापदण्ड विपरीत जोखिमपूर्ण अवस्थामा राखेको उचित खानपान तथा आवासको प्रबन्ध नगरेको पाइएकाले हाल अल्पकालीन संरक्षणको व्यवस्था गरिएको उक्त समितिले जनाएको छ । उक्त समितिले अन्य बालगृहसमेत अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  २ : १२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम