प्रधानन्यायाधीश जबराविरूद्ध रिट « Khabarhub

प्रधानन्यायाधीश जबराविरूद्ध रिट


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की, सदस्य विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको छ ।

रिट निवेदनमा भ्रष्टाचार, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध मअहाभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।

गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानूनीरूपमा पत्र पठाएको उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : २९ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा