लैङ्गिक हिंसा रोक्न सामाजिक जागरणमा लाग्नुपर्छ : मन्त्री रेग्मी « Khabarhub

लैङ्गिक हिंसा रोक्न सामाजिक जागरणमा लाग्नुपर्छ : मन्त्री रेग्मी


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजलाई जगाउन सकिएन भने लैङ्गिक हिंसा रोक्न नसकिने भएकाले सामाजिक जागरणमा लाग्नुपर्नेमा जोड दिएकी छन् ।

महिला हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला, कानुन र विकास मञ्चलगायतका संस्थाले संयुक्तरुपमा आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता’ विषयक अन्तक्र्रियामा उनले कानुन बनाएर र सरकारले गरेर पनि लैङ्गिक हिंसा रोक्न नसकिएकाले सामाजिक जागरणमै जोड दिनुपर्ने बताईन् ।

“लैङ्गिक हिंसाको कार्यक्रमको स्वरुपमा परिवर्तन गरिनुपर्छ, ३० वर्षसम्म महिलालाई मात्र राखेर कार्यक्रम गरियो, यसले भएन, राजनीतिक दलले जागरणमूलक सन्देश दिनुपर्छ, अबको कार्यक्रम कार्यान्वयन गर्ने दलको पनि सक्रियतामा कार्यक्रम अघि बढाइनुपर्छ”, मन्त्री रेग्मीले भनिन् ।

महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ८० प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई रु ८० करोड मात्र बजेट विगतका वर्षमा विनियोजन भइरहेकामा चालु आर्थिक वर्षदेखि आफूले रु एक अर्ब ७८ करोड विनियोजनको वातावरण मिलाएको जानकारी पनि उनले गराइन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : ३२ बजे

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र