प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने | Khabarhub Khabarhub

प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई रु एक लाखसम्म जरिवाना गरिने भएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो।

हाल सवारी साधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको छ। विभागले आज एक सूचनामार्फत पुस १ गतेपछि भने विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना हुने जनाएको छ। विभागले सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाइ जाँचपास गराएर मात्र सार्वजनिकस्थानमा सञ्चालनमा ल्याउन अनुरोध गरेको छ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार जुनसुकै समयमा विभागबाट छड्के जाँच हुनसक्ने र प्रदूषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास अनुत्तीर्ण हुने सवारी साधनलाई जरिवानालगायतका कारबाही हुनेछ।

हिउँदको मौसममा काठमाडाँै उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रदै गएको छ। वायु प्रदूषणका मुख्य कारकमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहर जलाउँदा निस्कने धुँवा प्रमुख कारण हुन्। वातावरण विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनको धुँवा निष्कासनको अवस्था अत्यन्त दयनीय पाइएकाले उक्त सूचना जारी गरिएको हो।

आगामी दिनमा विभागले सवारी साधनको धुँवा निष्कासनको अवस्थाको परीक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्ने जनाएको छ। साथै आफ्नो टोल छरछिमेकमा खुला रूपमा कोही कसैले फोहर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी विभागमा गराउनसमेत अनुरोध गरिएको छ। यस्तो जानकारी दिनेको परिचय गोप्य राखि दोषीमाथि नियमानुसारको कारबाही हुने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ११ : ४६ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न