जङ्गली हात्तीको आक्रमण बढ्दो | Khabarhub Khabarhub

जङ्गली हात्तीको आक्रमण बढ्दो


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । 

जङ्गल नजिकै मानव बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिका-१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको सामुदायिक वनमा दाउरा लिन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको हो ।

गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका-७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा सात जनाले ज्यान गुमाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका-२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी विसं २०७८ मा शुक्लफाँटा-१  बन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भयो । त्यसैगरी लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्ती आक्रमणमा परी मृत्यु भयो ।

यस वर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने एक घाइते भएका छन् । हात्तीको आक्रमणबाट मानिसमात्रै होइन, किसानको अन्नबाली र घरमा समेत क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो १० वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढ्न थालेको बताए । उनले हात्तीको बासस्थान साँघुरिँदै गएको र हात्ती हिँड्ने बाटोमा बस्ती बनेपछि हात्तीको आक्रमण बढ्न थालेको बताए । ‘हात्ती हिँड्ने करिडोरमा बस्ती बसेको बासस्थान साँघुरिँदै गएको छ’, उनले भने, ‘हात्ती एकै ठाउँमा बस्दैन घुमफिर गरिरहने भएकाले उसको हिँड्ने बाटोमा आक्रमण गर्ने गरेको छ ।’

उनले हात्ती एकै रातमा पाँच-सात किलोमिटरसम्म हिँड्ने गरेको बताए। ‘हाम्रो यहाँ वनजङ्गल कम छ, हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, त्यो बीचमा धेरै बस्ती छन्’, उनले भने, ‘मानिसले पनि सावधानी नअपनाउँदा क्षति हुने गरेको छ ।’

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १ : १३ बजे

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१, बेगनासताल कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी– जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको