सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा ३ ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अरुको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ४ : १४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई