मधेस प्रदेश : प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने | Khabarhub Khabarhub

मधेस प्रदेश : प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् । एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । 

प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट ल्याएको छ ।

प्रत्यक्षमा छ सिट जितेको जनमत पार्टी समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौँ दल भएको छ । मधेसमा नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्ष र समानुपातिकमा चार-चार गरी आठ सिट जितेको छ ।  नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ ।

प्रत्यक्षमा छ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक-एक सिट जितेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : २२ बजे

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह– ‘मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्’

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ