लिग-२ क्रिकेट : नेपाल स्कटल्याण्डसँग पराजित « Khabarhub

लिग-२ क्रिकेट : नेपाल स्कटल्याण्डसँग पराजित


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए । त्यस्तै कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे । नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेनसफियान सरिफले समान २र२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १र१ विकेट लिए । विभिन्न सात टोली सहभागी विश्वकप लिग दुईमा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल भने २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा छ । 

प्रतियोगितामा नेपालले नामिबियाविरुद्धको पहिलो खेल वर्षा बाधक बन्दा अङ्क बाँडेको थियो । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासङ ८६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : ४३ बजे

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको

इरान तनाव चर्किँदै, मृतकको सङ्ख्या ५४४ पुग्यो

दुबई– इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा