जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि बार धर्ना दिँदै   « Khabarhub

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि बार धर्ना दिँदै  


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ।

संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए । विरोधमा बारले धर्ना दिए पछि उनको प्रयास असफल भएको थियो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए।  त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।

महाभियोग निष्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा