ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते « Khabarhub

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् । गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका-५ रसुवा जाँदै गरेको स १ त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका-१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका-६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । किराना पसलको सामान लिएर रसुवा जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

दुर्घटनामा रौतामाई गाउँपालिका-४ निकासका चालक २३ वर्षीय डम्बरबहादुर आचार्य, त्रियुगा नगरपालिका-११ बेलदोभानका सहचालक १७ वर्षीय रोमन मगर र ट्रयाक्टरमा सवार त्रियुगा नगरपालिका-३ मिलनचोकका ३५ वर्षीय पुरुषोत्तम कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए । 

उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ३२ बजे

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा

अल्टिमेटमपछि सुकुम्वासी आक्रोशित, विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको सुकुम्वासीहरूलाई भोलि १२