इच्छुक हलले विश्वकप देखाउँछन् : चलचित्र सङ्घ | Khabarhub Khabarhub

इच्छुक हलले विश्वकप देखाउँछन् : चलचित्र सङ्घ


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल सिनेमाघरमा देखाउने विषयमा विवाद उत्पन्न भएको छ । सिनेमाघरले विश्वकप देखाउने तयारी थालेपछि चलचित्र विकास बोर्डले पत्राचार गर्दै सचेत गराएको थियो ।

बोर्ड अध्यक्ष भुवन केसीले आज सम्बन्धित हलहरूलाई पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गरे कारबाही गरिने चेतावनी दिँदै विज्ञप्ति जारी गरेका थिए ।

चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम फिल्ममात्र प्रदर्शन गर्न गरिएको बोर्ड अध्यक्ष केसीको आग्रहमा नेपाल चलचित्र सङ्घले आपत्ति जनाएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले बोर्डकै तर्फबाट विश्वकप देखाउन अनुमति पाएपछि तयारी थालिएको बताए ।

बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरूलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्मसरह प्रदर्शन गर्नका लागि कोडसहितको मेल गरेका थिए । जहाँ पाण्डेले विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभीकोड प्रयोग गर्न आग्रह गरेका छन् ।।

“बोर्डले विकास शुल्क तिरेर विश्कप फुटबल देखाउन पाइने बताएपछि हामीले स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर तयारी ग¥र्यौं”, महासचिव महर्जनले भने, “बोर्डको यस्तो निर्णयले हामी व्यवसायीलाई नै असर गरिरहेको छ, बोर्ड सच्चिनु जरुरी छ ।” उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार इच्छुक हललाई विश्वकप देखाउने बताए । सङ्घले आवश्यक सम्पूर्ण स्वीकृति लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ३४ बजे

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने

एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

नाग्म–गमगडी सडक कालोपत्र गर्न माग

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

रामपुर – रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२

छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू)

जनकपुरधाम– आज बिहानैदेखि व्रतालुहरुले जनकपुरधाममा श्रृंगारिएका विभिन्न घाटमा प्रासादहरू राख्न