नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा « Khabarhub

नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले गोल गरे। उसका लागि एन्जो फर्नान्डेज पेनाल्टीमा चुके।

नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे पनि भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके।

रोचक बनेको खेलमा २-० को अग्रता गुमाएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। उसका लागि नहुएल मोलिनाले गोल गरेका थिए। यो उनको विश्वकपकै पहिलो गोल हो। उनलाई मेस्सीले पास मिलाएका थिए।

खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले दोस्रो गोल गरेका थिए। मेस्सीको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो।

खेलको ८३ औं मिनेटमा नेदरल्यान्ड्सका वोउट वेघोर्स्टले गोल गर्दै खेललाई २-१ मा फर्काएका थिए। खेलको इन्जुरी समयमा उनै वेघोस्र्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।

निर्धारित समयमा २-२ को बराबरी भएपछि थपिएको ३० मिनेटमासमेत गोल हुन सकेन। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेर सकिएको हो।

उता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ। अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। शुक्रबारको खेलसँगै ब्राजिल र नेदरल्यान्ड्स भने विश्वकपबाट बाहिरिएका छन्।

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : २५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय