कञ्चनपुरमा घट्यो डेङ्गु सङ्क्रमण « Khabarhub

कञ्चनपुरमा घट्यो डेङ्गु सङ्क्रमण


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेदकोट – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो ।

एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । ‘पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उनले सुनाए । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।’

महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेङ्गुका बिरामी फेला परेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ३३ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री