स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु « Khabarhub

स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ । 

मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनापछि घाइते श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए । 

प्रहरीले स्कुटर चालक सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-७ घर भई हाल काठमाडौँ बौद्ध बस्ने २२ वर्षीय पाल्दने लामालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : २७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका