विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर « Khabarhub

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ।

शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको र उपचार पछि पनि अवस्था गम्भीर रहेको कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिले जनाएको छ।

सर्वोच्च समितिले शनिबार राती ट्विटरमा एक विज्ञप्ति जारी गर्दै ती गार्डको सघन उपचार केन्द्रमा उपचार भइरहेको जनाएको छ । ‘उनको अवस्था नाजुक अवस्थामा रहेको छ । हाम्रो प्रार्थना यस समयमा उनी र उनको परिवारसँग छ। हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’ विज्ञप्तिमा उल्लेख छ।

उनी अस्पतालमा उपचार रहँदा पनि पूरा तलब पाउने विज्ञप्तिमा उल्लेख छ। उनी कुन देशका हुन् भन्ने पनि खुलाइएको छैन। फिफा विश्वकप आयोजक देश कतारले उनी कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै