पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्सी टेबलसहितका सामाग्री जलेको सञ्चालक विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्री जल्नुको साथै कोठाको ढोका, सटर, सिलिङ र भित्तामा समेत क्षति पुगेको छ । घरधनी भण्डारीले माथिल्लो तलामा रहेको कोठाका ३ वटा झ्याल फुट्नुको साथै, पिल्लर र भित्तो चर्किएको बताए । उनले बरण्डामा सुकाएको कपडासमेत जलेको बताएका छन् ।

आगोको लप्काले सोही घरमा रहेको होटल र हेयर कटिङ पसलमा समेत क्षति भएको छ । आगोले छिमेकी बुद्धीबहादुर तामाङको घरका सिसासमेत फुटाएको स्थानीयले बताएका छन् ।

खुदी प्रहरी चौकीका सई प्रेमराज शर्माका अनुसार पुस्तक पसलको १२ लाख, घरको ६ लाख, बसिर हेयर कटिङ पसलको १ लाख, गौमाया गुरुङको खाजा पसलको ४० हजार, बुद्धीबहादुर तामाङको घरमा २० हजार बराबरको क्षति पुगेको छ । पुस्तक पसलका प्रोप्राइटर पौडेलले भने आफ्नो पसलको मात्र १५ लाख बराबरको क्षति भएको दावी गरेका छन् ।

राती वर्ल्डकप फुटबल खेल हेरेर फर्किएका स्थानीय युवाहरुले आगलागी भएको देखेका थिए । उनीहरूले वरपरकालाई सुचित गरि सुरक्षित स्थानमा सार्नुका साथै पानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ४९ बजे

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

तमिलनाडुमा विजय थलापतिको पार्टी बहुमत नजिक, केरलमा कांग्रेसको पुनरागमन

काठमाडौं – भारतका विभिन्न राज्यहरूमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना अन्तिम