मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला « Khabarhub

मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन् ।

उनका अनुसार मृतक वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको भनी सूचना आएपछि आज बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

ती महिलाको हत्या भएको आशङ्का गरिएको छ । हाल घटनास्थलमा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय भीमफेदीको टोली, इन्द्रसरोवर प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ५४ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई