राजस्वका नक्कली कर्मचारी बनेर ठगी गरेको आरोपमा आठ जना पक्राउ « Khabarhub

राजस्वका नक्कली कर्मचारी बनेर ठगी गरेको आरोपमा आठ जना पक्राउ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई आन्तरिक राजस्व कार्यालका कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको जनाएको हो । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ । राजस्व कार्यालय लाजिम्पाटका कर्मचारी भएको झूठा विवरण दिएर रकम असुली गर्दै आएको खुलेको छ ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले उनीहरूबाट ८४ हजार बरामद गरिएको बताएका छन् ।उनीहरूले होटेल, पसल, रेस्टुरेन्ट र फुटपाथका पसलहरूबाट रकम असुलेका थिए । व्यापारीले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ पर्नेमा सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, पूर्वी नवलपरासीका बीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जङ्ग लुहार, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट तथा डेबिड धामी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले राजस्व कार्यालयको कर्मचारीसँग मिल्ने पोसाक लगाएका छन् । राजस्वकै परिचयपत्र पनि साथै रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई अस्ति पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्येका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयसँग मिल्नेगरी बनाएको नक्क्ली लेटरप्याड, स्टाम्प, रसिद र परिचयपत्र भेटिएको छ । डेबिडको कोठाबाट पनि सोही प्रकृतिका रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद गरिएको छ । उनीहरुबाट सम्झौता र रोजगारी फारम, एकाउन्ट एण्ड ट्याक्स सोलुसन लखेको स्ट्याम्प, उनीहरुविरुद्ध हालसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरू आउने क्रम जारी रहेको काठमाडौंका प्रहरी प्रमुख जानकारी दिए ।

यसैबीच प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट स्रोत नखुलेको ३४ लाख ९७ हजार रुपैयाँ बरामद गरेको छ । जोरपाटीबाट स्थानीय भगवतीथानस्थित सडकमा जाँच गर्ने क्रममा कुमार चौधरीले चलाएको बा ९८ प २२०९ नम्बरको स्कुटरबाट उक्त रकम बरामद भएको हो ।

चौधरीको बयानका आधारमा बौद्ध बस्ने विश्वकुमार गुरुङलाई पक्राउ गरिएको हो । उनीहरूलाई गत २२ गते पक्राउ गरिएको थियो । उक्त रकमका विषयमा थप अनुसनधान भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ०८ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी