बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै अध्यक्ष « Khabarhub

बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै अध्यक्ष


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुगिन् । उनलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।

वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक प¥यो । उहाँले वडा कार्यालयमा अधयक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोजिन। हिरादेवीले वडा अध्यक्षलाई भेट्नु भएन । अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गरिन । अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उनले थाहा पाएपछि अटो चढेर त्यही गइन । “अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बस्नु भएको थियो, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए”, हिरादेवीले भनिन् ।

कटानकी पुष्पादेवी ऐरीलाई पनि छोरीको छात्रवृत्तिको लागि सिफारिस बनाउनु थियो । उनले पनि वडा कार्यालयभन्दा पर अध्यक्ष भएको ठाउँमै पुगेर सेवा लिइन् । केही दिन यता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गरेका छन्, अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बसेका हुन् ।

उनी कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहेका छन् । “सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छ”, उनले भने, “थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो ।”

नगरपालिकालाई औपचारिक रुपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । विगतमा सडकका लागि एक करोड ४९ लाख बजेट आउने गरेको थियो । यसपटक नगरपालिकाले एक करोड २७ लाख मात्रै दिएको छ ।

“सडक निर्माणको काम अन्तिम चरणमा छ, यो सडक सम्पन्न गर्न विगतको जस्तै बजेट मागेका थियौँ”, उनले भने, “तर नगरपालिकाले प्रर्याप्त बजेट दिएन, कटौती गरेर दियो ।” वडा कार्यालयबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरेर सडकमा धर्ना बसेर सडकबाटै सेवा दिइरहेको देवकोटा बताउँछन् । “कार्यपालिका बैठकमा यो माग कति पटक उठायौँ, उहाँहरू कुरा सुन्नुहुन्छ, निर्णय गर्दा बहुमतको आडमा एकलौटी अगाडि बढ्ने गर्नु भएको छ”, उनले भने ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै