महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण « Khabarhub

महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको हो ।

महानगरका प्रमुख नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बीउ र जिङ्क वितरण गरेका हुन् । महानगरका प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताउँदै रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गरे । उनले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । “महानगरपालिकाभित्र जति जमिन छ, त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ”, उनले भने, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ ।”

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीका एक हजार एक सय ७६ जनालाई मकैको बीउ आठ हजार तीन सय ३३ केजी र जिङ्क वितरण गरेको छ । सो बीउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए । तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : १३ बजे

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की

अर्थसंक्षेप : नीति-कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित, नेप्से सामान्य अंकले घट्यो र ट्राफिक कारबाहीबाट राजस्व बढ्दै

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहितआगामी आर्थिक वर्षका लागि