जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण « Khabarhub

जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवद्र्धनमा निर्माणाधीन सात मेगावाट क्षमताको सो आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड तथा आगजनी गरेको थियो । उक्त तोडफोडबाट आयोजनाको रु तीन करोड बराबरको क्षति भएको छ ।

स्थानीय राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीपश्चात् घटाइएको यस्तो उच्छृङ्खल घटनाको इपानले भत्र्सना गरेको छ । आयोजना र त्यसका सरोकारवाला पक्षबीच कुनै पनि असमझदारी भए आपसी छलफलबाटै समाधान गर्न सकिनेमा इपानको जोड छ ।

परियोजनाको कार्यस्थलमा हुने गरेका यस्ता घटनालाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनामा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउन इपानले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ५० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम