सांस्कृतिक जगेर्ना गर्न छोम्रोङमा ल्होसार मेला « Khabarhub

सांस्कृतिक जगेर्ना गर्न छोम्रोङमा ल्होसार मेला


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी-  सांस्कृतिक जगेर्नासहित पर्यावरणीय संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा ‘२१औँ सेञ्चुरी ल्होसार मेला’ हुने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पुस १० गतेदेखि १४ गतेसम्म मेला गर्न लागिएको सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । विगत लामो समयदेखि ल्होसार मेला गर्दै आइएको बताउँदै उनले मेलाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मेलामा भलिबल, बास्केटबल, थ्री अन थ्री बास्केटब, छेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियरलगायत प्रतियोगिता समावेश गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गुरुङले बताए ।

भलिबल र बास्केटबलको लागि रु पाँच हजार र ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि रु तीन हजार दर्ता शुल्क तोकिएको छ । मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहित अन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ । अन्नपूर्ण आधार शिविरको पदमार्गमा पर्ने छोम्रोङ यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ०५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम