अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन « Khabarhub

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष घोषणा गरेको थियो । त्यसैगरी हरेक वर्ष डिसेम्बर ११ मा विश्व भरी अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ ।

नेपालले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षलाई विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षभरि नै पर्वतीय अर्थतन्त्र, पर्वतीय संस्कृति, पर्वतीय जैविक विविधता, पर्वतीय महिला, पर्वत–समथर अन्तरसम्बध र पर्वतीय जलवायु परिवर्तन गरी विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।

समापनका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसका उपलक्ष्यमा आयोजित दिगो पर्वतीय समाधानका लागि महिला विषयक अन्तरक्रिया गोष्ठीसमेत आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष मनाउने क्रम गत वर्ष चैत ९ र १० गते काठमाडौँमा दिगो पर्वतीय समाधानका लागि क्षेत्रीय नीति संवाद कार्यक्रम आयोजना गरी पर्वतीय वर्ष कार्यक्रमको उद्घाटन गरिएको थियो ।

त्यसैगरी गत साउन ६ गते काठमाडौँमै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक र सबै संसदीय समितिका सभापतिहरुसँग नेपालका पर्वतीय मुद्दाहरुका सन्दर्भमा अन्तरक्रिया गरिएको थियो । गत भदौ १७ गते काठमाडौँमै नेपालका विभिन्न मुलुकका आवासीय राजदूत, दातृ निकायका प्रतिनिधि र विकास साझेदारका प्रमुखहरुसँग नेपालको पर्वतीय महत्व र यसका समस्याका बारेमा छलफल आयोजना गरिएको थियो ।

यसैगरी पर्वतीय वर्ष कार्यक्रम मनाउने सिलसिलामै गत असोज ५ र ६ गते मुस्ताङमा दिगो पर्वतीय समाधानका लागि अन्तर्राष्ट्रिय मुस्ताङ सम्मेलनको आयोजना गरिएको थियो । मुस्ताङ सम्मेलनबाट दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्रसमेत जारी गरिएको थियो । उक्त घोषणापत्रको सन्देशलाई असोज १० देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकाको कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय साझेदारीको छैटौँ अन्तर्राष्ट्रिय बैठक र गत कात्तिक २० देखि यही मङ्सिर २ गतेसम्म इजिप्टमा भएको जलवायु सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : २२ बजे

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की

अर्थसंक्षेप : नीति-कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित, नेप्से सामान्य अंकले घट्यो र ट्राफिक कारबाहीबाट राजस्व बढ्दै

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहितआगामी आर्थिक वर्षका लागि