लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ।

भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो।

लागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ३४ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी