३ महिलासहित २० जनाले उडाए प्याराग्लाइडिङ « Khabarhub

३ महिलासहित २० जनाले उडाए प्याराग्लाइडिङ


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाइलटले एकै दिन प्याराग्लाइडिङ उडान भरेका छन्। उडान भने फ्लाईङ् वन्डर प्याराग्लाइडिङ प्राईभेट लिमिटेड गाईघाटका प्रशिक्षार्थीले गरेका थिए। कम्पनीबाट विभिन्न कोर्स गर्ने देशभरका करिब २० विद्यार्थीहरूले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए।

रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाइलटहरूलाई समेत आकर्षित गर्ने उद्देश्यले रौताबाट गाईघाटसम्म लामो उडान गरेको राईलाले जनाए। ती विद्यार्थीहरूले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट सीधै गाईघाटसम्मको लामो उडान गरेका थिए।

विदेशी पाइलटहरूलाई नेपालमा पनि प्रचुर सम्भावित ठाउँहरू छ भन्ने देखाउँदै बाह्य पर्यटकको आकर्षण गर्ने उद्देश्यले उडान भरेको जनाइएको छ। शनिबार  रौता पोखरीको खर्कमा उडान हेर्न स्थानीयहरू निकै उत्साहित भए। रौता दर्शन गर्न पुगेका आन्तरिक पर्यटकसमेत उडान हेर्न खर्क डाँडामा पुगेका थिए।

रौताबाट सीधै गाईघाटमा अवतरण गर्न उडेका प्याराग्लाइडिङहरू हावा र मौसमका कारण गाईघाट पुग्न सकेनन्।  मौसमको प्रतिकूलताका कारण बरुवा पुल तथा  बेलदोभान बाबरीको फिल्डमै ल्याण्ड गरेका थिए। अहिले सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरूले रौताबाट कहिल्यै उडान गरेका थिएन।  पाइलटहरूलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौताबासीहरुले भव्य स्वागत गरेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ४० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम