अध्यादेश ल्याउनु माओवादीबिनै सरकार बनाउने देउवाको चाल : विष्णु रिजाल « Khabarhub

अध्यादेश ल्याउनु माओवादीबिनै सरकार बनाउने देउवाको चाल : विष्णु रिजाल


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी क‍ेन्द्रबिनै सरकार बनाउन लागेको बताएका छन् ।

सरकारले रेशम चौधरीसहितका राजनीतिक दलका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले अध्यादेश ल्याउने निर्णय गरे पछि चौतर्फी विरोध सुरु भएको छ। नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीहरुका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने निर्णय गर्नुलाई एमालेलगायतका दलले विरोध जनाएका छन्।

‘माओवादीबिनै बहुमत पुर्‍याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र?’ रिजालले लेखेका छन्, ‘इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ’सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ,’

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : १७ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट