नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने « Khabarhub

नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट संघीय संसदमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध जनाएको छ।

पार्टी सभापति रवि लामिछानेले नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको बताएका छन् ।

नयाँ संसद्को बैठक बसेर नयाँ सरकार निर्माण गर्ने प्रकृया सुरु नहुँदै सत्ताको सौदाबाजी गर्न ‘अध्यादेश ल्याउने कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो,’ उनले भनेका छन्। नयाँ जनादेशको मर्म मिच्ने अध्यादेश तत्काल फिर्ता गर्न उनले माग गरेका छन्।

“अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? एक हप्ता ?, दुई हप्ता ?, तीन हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र एक-दुई हप्ता पनि कुर्न नसकिने ?,” रविले फेसबुकमार्फत प्रश्न गरेका छन्, “यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ । नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ ।”

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ३७ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी