बालकोटमा ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता « Khabarhub

बालकोटमा ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न कांग्रेस नेता केसी आइतबार साँझ बालकोट पुगेका थिए। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ।

त्यसक्रममा समसामयीक राजनीतिक घटनाक्रम र चुनाव पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ।

भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : ११ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट