उपत्यकामा सवारी आवागमनमा चाप, नियम पालना गर्न ट्राफिक प्रहरीको आग्रह « Khabarhub

उपत्यकामा सवारी आवागमनमा चाप, नियम पालना गर्न ट्राफिक प्रहरीको आग्रह


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा सवारी आवागमनमा चाप देखिएको छ । सोमबार उपत्यकाका विभिन्न स्थानमा सडक मर्मत लगायतका कार्य भइरहेकाले सवारीमा आवागमनमा चाप देखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार लैनचौर ब्यांक्वेट नगाडी सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्रहालय, दक्षिणगेट, लैनचौर चोकमा सवारी क्युमा चलिरहेका छन् ।

यस्तै, सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन क्युमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माण भइरहेकाले पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुबाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट चलाइएको छ । 

सवारी चाप रहेका स्थानमा व्यवस्थापन सहज बनाउन ट्राफिक नियम पालना गर्न प्रहरीले अनुरोध गरेको छ । सडक पिच गर्न माग गर्दै स्थानीयले गरेको अवरोधका कारण थली साँखु सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ । 

वैकल्पिक मार्गको रूपमा डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटी निस्कन समेत सकिने प्रहरीले जनाएको छ । नाकाहरूको भने, सवारी आवागमन भने सामान्य तवरले सञ्चालन भइरहेको बताइएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ५७ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान