चक्कु प्रहार गरेर दुई युवक फरार « Khabarhub

चक्कु प्रहार गरेर दुई युवक फरार


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ मा चक्कु प्रहार गरेर दुई जना युवा फरार भएका छन् । बागमती प्रदेशको अर्थ मन्त्रालय गेटमा सामान्य भनाभनपछि हातपात भएकोमा हेटौंडा ५ सिँचाइ टोल बस्ने अन्दाजी ३५ वर्षका दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएका छन् ।

घटनामाथि अनुसन्धान भइरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते न्यौपानेको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखाबाट रगत बगेको देखिएको प्रत्यक्षदर्शीले बताए । 

बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुई पक्षबीच हानाहान भएको थियो । मन्त्रालयसँगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर, जिल्ला मालपोत कार्यालयमा सुरक्षाकर्मी खटिरहेको अवस्थामा घटना भएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : १५ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको