‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’ « Khabarhub

‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम – प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन् । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन गर्दै उनले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय एवं सर्वसुलभ हुनुपर्ने धारणा राखे । उनले भने, “स्वास्थ्य नै धन हो भन्ने प्रचलन छ र त्यसमा पनि आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएकाले यसको उचित हेरचाह गर्नुपर्छ ।”

निजी क्षेत्रले जनताको स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । प्रमुख खापुङले निजी क्षेत्रबाट स्थापित यस अस्पतालको सफलताबाट मुलुकको स्वास्थ्य र आर्थिकलगायत क्षेत्रमा ठूलो योगदान पुग्ने विचार राखे ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले उपचारका लागि आउने भारतीय बिरामीले साथमा ल्याउने भारतीय रकमले मुलुकको व्यापार घाटामा केही सघाउ पुग्ने विश्वास व्यक्त गरे। अस्पतालका अध्यक्ष कादिर अन्सारी, नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डल, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मी, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल र सञ्चालक समिति सदस्य तेजलाल कर्णले स्वास्थ्य र शिक्षा क्षेत्रको केन्द्रका रूपमा विस्तार भइरहेको यस क्षेत्रमा सरकारलाई विशेष सहुलियत प्रदान गर्न आग्रह गरे ।

विराटनगर–१४ स्थित मलाया रोडमा नौ कठ्ठा जग्गामा रु १० करोडको लागतमा अस्पताल निर्माण गरिएको हो । अस्पतालमा दक्षिण कोरिया तथा इटालीबाट आयात गरिएको अत्याधुनिक उपकरणमार्फत आँखासम्बन्धी सम्पूर्ण उपचार गरिने व्यवस्था गरिएको छ । पचास श्ययाको उक्त अस्पतालमा दुई दक्ष चिकित्सक सहित ५० जनाले बिरामीलाई सेवा प्रदान गर्नेछन् । अस्पतालले आगामी तीन दिनसम्म वहिरङ्ग सेवा निःशुल्क गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ४४ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा