भूमि आयोगले पुनः लालपूर्जा वितरण सुरु गर्ने « Khabarhub

भूमि आयोगले पुनः लालपूर्जा वितरण सुरु गर्ने


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ ।

आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ। ४ मङ्सिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ ।

यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम गरिरहेको थियो । तर, निर्वाचन आयोगले  जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि काम रोकिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ५८ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट