एसियन हाइड्रोपावरको आईपीओ खुल्ला | Khabarhub Khabarhub

एसियन हाइड्रोपावरको आईपीओ खुल्ला


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन हाइड्रोपावर लिमिटेडले मङ्गलबारदेखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं.११ का स्थानीय बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकका इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।

यसका साथै सर्वसाधारणमा निष्कासन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

यो सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ। आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। 

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४८ बजे

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब