सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन « Khabarhub

सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियो । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड पनि बाढीपहिराले क्षति गरेपछि पुनः स्तरवृद्धिका काम भइरहेका छन् ।

सिञ्जा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि पाँच करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई सहरी विकास एकाइ कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिञ्जाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

उनले भने, ‘सडक पुनः स्तरवृद्धिका लागि हिमा गाउँपालिका-१ आचार्यलिहीको जिरो प्वाइन्टबाट धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने छ ।” यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसुस हुने गरी काम गरिने अध्यक्ष धितालले बताए । कामलाई गुणस्तरीयरूपमा सम्पन्न गराउन सिञ्जावासीको भूमिका महत्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ । 

ग्रामीण भेगका विकासे कामलाई तीव्रगतिमा लिनका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाइ सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला  धितालले जानकारी दिए ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ५४ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु