जब नेविसंघका विद्यार्थीले कांग्रेस नेतालाई सानेपामा घेरे « Khabarhub

जब नेविसंघका विद्यार्थीले कांग्रेस नेतालाई सानेपामा घेरे


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसको भ्रातृसंगठन नेविसंघका विद्यार्थीले महाधिवेशनका लागि पार्टीले गठन गर्ने तदर्थ समिति ३२ वर्षे उमेर हद कायम हुनुपर्ने माग गर्दे कांग्रेस पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन् ।

विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्षे उमेर हदबन्दी अनुसार तदर्थ समिति बनाउन नेविसंघका विद्यार्थी नेताले केन्द्रीय कार्यालयमा नारावाजी गरेका हुन् । पार्टीले नेविसघंको विधानमा ३२ वर्ष कायम गरेको र विधान उल्लंघन हुन सक्ने भन्दै केन्द्रीय समितिमा सहभागी हुन आएका नेतालाई गेटमा नै रोकि सचेत गराइएको थियो ।

सोमबार मात्रै संघका अध्यक्ष नैनसिंह महरले सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएको भोलिपल्ट मंगलबार नेविसंघका विद्यार्थीले सानेपास्थित पार्टी कार्यालयमा नाराबाजी गर्नुका साथै केन्द्रीय कार्यसमितिका बैठकमा सहभागि हुन आएका शीर्ष नेताहरुलाई घेरेका थिए ।

नेविसंघको विवादका बारेमा काग्रेसको केन्द्रिय समितिमा केही दिन यता छलफल भइरहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नेतृत्वमा उमेर हदबन्दी हुनु पर्ने मागलाई पार्टीले सकारात्मक रुपमा लिएको र त्यसबारे छलफल गरेर उचित निर्णय लिने बताए ।

केन्दी्रय समिति बैठकमा महासमिति बैठकबाट पारित गरेका बिभिन्न पाँच बिषयलाई अन्तिम रुप दिने बारेमा पनि निरन्तर छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : ५६ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ