मुलुकको आर्थिक अवस्थाका आधारमा सेवा सुविधा हुन्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना « Khabarhub

मुलुकको आर्थिक अवस्थाका आधारमा सेवा सुविधा हुन्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताएका छन् ।

संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले भने, “देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।”

आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उनले विगतका भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए । उनले भने, “लोकतन्त्र अझै परिपक्व हुन बाँकी नै छ, लोकतन्त्र र विकासलाई ठोसरूपमा अघि बढाउन सञ्चार क्षेत्रले पनि जिम्मेवार ढङ्गले भूमिका खेल्न पर्छ, संसद् सेवाका कर्मचारी सभ्य, सुसंस्कृत, परिष्कृत र परिपक्व भएमा सदनका काम कारबाही प्रभावकारी हुनेछ ।”

राष्ट्रियसभा विधायन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले कानून निर्माण गर्ने निकायले नीति र विधिको पूर्णपालना गरी अरुलाई त्यसतर्फ प्रेरित गर्न आवश्यक रहेको बताए । उनले भने, “सरकारलाई विश्वासमा लिएर संसद्लाई प्रभावकारी तुल्याउने काममा सचिवालयले भूमिका खेल्नुपर्छ, संसद् सेवालाई स्वायत्त र स्वशासित विशिष्ट सेवाका रूपमा गरिएको परिकल्पनालाई व्यवहारमा स्थिपित गराउनेतर्फ सरकारले विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले सङ्घीय संसद् र प्रदेशसभाबीच समन्वयको आवश्यकतामा जोड दिँदै व्यक्ति विशेष हितका लागि विधेयक ढिलाइ गर्ने तथा सदनमा प्रवेश पासका नाममा गरिएको झण्झटिलो अभ्यासलाई सुधार्न सुझाव दिए ।

सो अवसरमा प्रशासन सुधार सुझाव समिति, २०७० का संयोजक काशीराज दाहालले सरकारी सेवा सञ्चालनको सैद्धान्तिक पक्ष र संसद् सेवा तथा सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको प्रभावकारिता : समीक्षा र आगामी कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा लोकतन्त्रलाई संस्थागत गर्न संसद्को भूमिकालाई परिणाममुखी बनाउन संसद् सेवाको जनशक्तिलाई सम्बद्ध विषयमा ज्ञान, सूचना र सीप विकास गरी क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख छ । संसद् सेवाका लागि विनियोजित बजेटको अवस्था, प्रशासनिक र कार्यगत स्वयत्तता, विज्ञता र कुशलता, कर्मचारी उत्प्रेरणा, सेवाको प्रतिष्ठाको अवस्था तथा अबको बाटो, कर्मचारीको वृत्तिपथलगायतका विषय कार्यपत्रमा समेटिएको छ ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै सचिवालयका पूर्वसचिवद्वय मुकुन्द शर्मा र सोमबहादुर थापाले सिद्धान्तले मात्र संस्था नचल्ने भएकाले संसद् सेवालाई स्वावलम्बन, व्यावसायिक र प्रतिस्पर्धी बनाउने सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए ।

संसद् सचिवालयको स्थापना तथा संसद् सेवाको गठन र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न संसद् सचिवालयसम्बन्धी ऐन विसं २०५८ मङ्सिर २८ गते जारी भएको थियो । सचिवालयले स्थापना दिवसको अवसरमा संसद् सेवाको २१ वर्ष स् सेवा प्रभावकारिताको विज्ञहरू आमन्त्रणा गरी समीक्षा गरेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ३५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका