विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो « Khabarhub

विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति क्रोएसियाविरुद्ध एक गोल गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले केही रेकर्ड बनाएका छन् भने केही रेकर्डमा बराबरी गरेका छन्।

मेस्सीले केही रेकर्ड तोड्दै र केही नयाँ रेकर्ड बनाउँदै गर्दा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनल प्रवेश गरेको छ।

सेमिफाइनलमा अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए। क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो। यो गोल गरेसँगै मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका छन्।

त्यसैगरी मेस्सीले क्रोएसियाविरुद्धको खेल खेलेसँगै विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन्।

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमानमा बराबरी गरेका हुन्।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ३७ बजे

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई