विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो « Khabarhub

विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति क्रोएसियाविरुद्ध एक गोल गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले केही रेकर्ड बनाएका छन् भने केही रेकर्डमा बराबरी गरेका छन्।

मेस्सीले केही रेकर्ड तोड्दै र केही नयाँ रेकर्ड बनाउँदै गर्दा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनल प्रवेश गरेको छ।

सेमिफाइनलमा अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए। क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो। यो गोल गरेसँगै मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका छन्।

त्यसैगरी मेस्सीले क्रोएसियाविरुद्धको खेल खेलेसँगै विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन्।

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमानमा बराबरी गरेका हुन्।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ३७ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

साउदी र कतारले गरे उच्च गतिको रेलमार्ग निर्माणको सम्झौता

रियाद – साउदी अरब र कतारले सोमबार खाडी राज्यका राजधानी

चार वटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौं– नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य,

पर्यटकको रोजाइमा ‘अन्नपूर्ण–धौलागिरि’ पदमार्ग

म्याग्दी– म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास