प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित | Khabarhub Khabarhub

प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार, शान्ति परियार, रुपा विक, सीता मिजार र आशा विकसहित दलित समुदायबाट पाँच जना निर्वाचित भएका हुन् ।

नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल, प्रभु हजरा दुसाध, चन्द्र विश्वकर्मा, रुक्मणि राना बराइली र हर्कमाया विश्वकर्मा समानुपातिकमा निर्वाचित भएका छन् । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट ३४ मध्ये पाँच जना दलित समुदायबाट छन् । नेकपा (माओवादी केन्द्र) बाट भने रणेन्द्र बराइली र सुशीला श्रीपाइली निर्वाचित भएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सन्तोष परियार र शिव नेपाली निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिता नेपाली निर्वाचित भएकी छिन् ।

प्रत्यक्षतर्फ भने नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका छन् । प्रतिनिधिसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ जना सांसदको सहभागिता छ ।

विगतको तुलनामा यसपटक संसद्मा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्ख्या कमजोर देखिएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए । संविधानसभा २०६४ मा छ सय एक जनामा ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए ।

संविधानसभा २०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (छ दशमलव ८२ प्रतिशत) मा झरेको थियो । सोमध्ये दुई जना नेकपा (एमाले) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (छ प्रतिशत) को प्रतिनिधित्व भयो । सोमध्ये एमालेबाट दुई जना र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : २५ बजे

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा

सप्तकोशीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए

सुनसरी– अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको

बर्खामा कोशी टप्पु : चराको वात्सल्य अवलोकन गर्ने स्वर्णिम समय

काठमाडौं- मुलरद्वारा अनुवादित ‘द उपनिषद्’ मा एउटा प्रसङ्ग छ –

मध्यकालीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन

प्रधानमन्त्री ओली दुबई हुँदै तुर्कमेनिस्तान पुग्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा