मलेसियामा दुई नेपाली हत्या गर्ने भण्डारीविरुद्ध मुद्दा दर्ता, दोषी ठहरिए मृत्युदण्डको सजाय हुने  « Khabarhub

मलेसियामा दुई नेपाली हत्या गर्ने भण्डारीविरुद्ध मुद्दा दर्ता, दोषी ठहरिए मृत्युदण्डको सजाय हुने 



दोहा – मलेसियामा दुई नेपालीको हत्या गर्ने एक नेपालीविरुद्ध त्यहाँको अदालतमा मुद्दा दर्ता भएको छ।

गत ३ डिसेम्बरका दिन मलेसियाको सेरेम्बानस्थित एक रेस्टुरेन्टमा हथौडाले हानेर ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको हत्या गरेको अभियोगमा ३७ वर्षीय नेपाली ठाकुरप्रसाद भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

विगत लामो समयदेखि मलेसियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका भण्डारीले सेक्युरिटी गार्डको रूपमा काम गर्दै चौधरी र दमाईको हत्या गरेको हुनसक्ने भन्दै त्यहाँको म्याजिस्ट्रेट अदालतमा मुद्दा दायर गरिएको छ।

उनले डिसेम्बर ३ तारिखका दिन बिहान ९:०८ देखि साँझ ४:४८ बजेसम्म दुवै अपराध गरेको मलेसियन प्रहरीले जनाएको छ। अभियुक्त भण्डारीलाई दण्ड संहिताको धारा ३०२ अन्तर्गत अभियोग लगाइएको र जसमा दोषी ठहरिए अनिवार्य मृत्युदण्डको सजाय हुनेछ।

अभियुक्त उक्त क्षेत्रमा कामदारका लागि क्यान्टिनको रूपमा काम गर्ने परिसरमा म्यानेजर भएको र पीडित दुवै जना सुरक्षा गार्डको रूपमा कार्यरत रहेको बताइएको छ।

उनले दुवै जनालाई हथौडाले हानेर हत्या गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार घटनास्थलमा एक हथौडा पनि फेला परेको थियो। मदिराको नशामा रहेको आशंका गरिएका अभियुक्त पनि घटनास्थलमा फेला परेका थिए।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : ४१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको