अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु « Khabarhub

अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । 

नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ । उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताए । 

उनका अनुसार बिरामीहरूको संख्या दिनहुँ बढ्दै गएको तथा बिरामीहरूलाई निकै समस्या भएकाले अहिले अस्पताललेले डायलेसिस सेवा सुरु गरेको हो । डायलेसिसका केही मेसिन बिग्रेकाले उक्त मेसिन पनि मर्मत गरी सेवामा ल्याउने उनको भनाइ छ । 

जबकि ६ वटा मेसिन सेवाका लागि सञ्चालनमा ल्याइएको कर्मचारी सङ्गठनका निवर्तमान सभापती कुस्माखर बस्यालले जानकारी दिए । कुश्माखरका अनुसार डायलेसिस सेवाका लागि ल्याइएको मेसिनले बिरामीहरूलाई निकै राहत दिनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका