गायिका राउतलाई अमेरिकी अध्यागमनले पठायो नेपाल फिर्ता « Khabarhub

गायिका राउतलाई अमेरिकी अध्यागमनले पठायो नेपाल फिर्ता


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांगीतिक कार्यक्रमका अमेरिकाउडेकी चर्चित गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको छ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो। यसअघि २०१७, २०१८ र २०२१ मा पर्यटन भिसामै कन्सर्ट गरे पनि आस्थालाई यसपालि भने रोक लगाइएको जनाइएको छ। 

डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेको र काठमाडौं दूतावासमा गएर पर्फमेन्स भिसा अर्थात पी-३ लिएर पुनः अमेरिका आउन अनुरोध गरेको आस्थाले बताएकी छन्।  अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिन उनी अमेरिका गएकी थिइन्। 

उक्त कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि उनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै समय र परिस्थितिले जुराए फेरि सांगीतिक मिलन हुनेमा पूर्ण विश्वास गर्दै आयोजकप्रति आभार प्रकट गरेकी छन्।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ४ : ३० बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको