तराईमा महँगी बढ्यो « Khabarhub

तराईमा महँगी बढ्यो


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२ प्रतिशत बराबरको मूल्य वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा सात दशमलव ५६ प्रतिशत, तराईमा आठ दशमलव ५२ प्रतिशत, पहाडमा आठ दशमलव शून्य तीन प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

विसं २०७८ कात्तिक महिनामा यी क्षेत्रमा क्रमशस् छ दशमलव १४ प्रतिशत, पाँच दशमलव ४२ प्रतिशत, सात दशमलव १४ प्रतिशत र पाँच प्रतिशत मुद्रास्फीति रहेको थियो ।

विसं २०७९ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव शून्य आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव शून्य चार प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५ दशमलव ९७ प्रतिशत, सूर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव १९ प्रतिशत र मदिराजन्य पेयपदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ७१ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशत, घरायसी उपयोगका वस्तुको आठ दशमलव ४९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको आठ दशमलव ३३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १० : ५५ बजे

पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न कार्यवाहक प्रमुखडंगोलको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि