शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति | Khabarhub Khabarhub

शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने बताएका थिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिएपनि निर्धारित समयमा लक्षित उपलब्धी हासिल हुने बताए । योजनाहरुको प्रभावकारी कार्यान्वयन भएको खण्डमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाइ नभएको उनको भनाइ छ ।

तत्कालका लागि बजेटको कमी रहेको बताउँदै उनले शिक्षाका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीहरुको तलबमा खर्च हुने गरेको जनाए । यस्तो हुँदा विद्यालयहरुमा थप कार्यक्रम संचालन गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले भने संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन रहेको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्टले संघले स्थानीय तहमा योजना र जिम्मेवारी मात्रै दिएको तर कार्यान्वयनका लागि बजेट नदिएको बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल, युनेस्को काठमाडौंका शिक्षाप्रमुख ध्रुव रेग्मी, शिक्षा पत्रकार सुदर्शन सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमा शिक्षा अभियन्ताहरु वाइपी आचार्य, प्रकाश घिमिरे र राजकुमार बरालले टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : ३३ बजे

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा