पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । 

म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । जीपका चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : २९ बजे

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै

चितवन– चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदै छन् ।

जलवायु परिवर्तनमा गम्भीर छैन सरकार

नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त

यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा

काठमाडौंको चन्द्रागिरिस्थित इन्द्रदहमा मेला

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) बिहानैदेखि काठमाडौंको पश्चिमोत्तर

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ ।